Original Sholay in Nepal

पहिला, शोले फिल्म नेपालमा बनाउने पुरा सुटिङ चलेको थियो। हाम्रा राजेश दाई चाहिँ ठाकुर बन्नु भाको थियो। फिल्ममा गब्बरले आएर, "यो हात मलाई दि-बक्सयोस ठाकुर साप" भनेछ। 
राजेश दाई: "हे..... गब्बरे, अति गरिस यार मुला... सक्छस भने लैजा, तर चाँडै फिर्ता ल्याईदे।"
गब्बरको मान्छेहरु राजेश हमालको हात सकि नसकी काट्न खोजेछन् तर कहाँ सक्नु बिचराहरु, राजेश दाइको फलामको हात जो थियो! केहि नलागेपछि धातुको काम गर्ने मान्छे (कामी) को ठाउँ बाट फलाम काट्ने मसिन ल्याएर काट्ने प्रयास गरेछन् । राजेश दाइलाई त्यो मसिनको आवाज मन परेन्छ । राजेश दाइको रिस त सबैलाइ थाहा छदै छ नी  - दाइले रिसको झोकमा "सङकर हो मेरो नाम सङकर" भन्दै सबलाई मुला काटे जस्तो काट्दिनुभएछ।  बिचरा डाइरेक्टरले नेपालमा फिल्म बनाउन सकिएन अब फोहरी भारतमै भए पनी बानाउन पर्यो भनेर गएछ् ।